घुससहित जनकपुरधामका वडाध्यक्ष र वडासचिव अख्तियारकाे नियन्त्रणमा

धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

उनीहरूलाई बुधबार जनकपुरधाम–६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो।

उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर