सातौं संस्करणको विराट गोल्डकप आजदेखि

सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रंगशालामा शुरू हुने भएको छ ।

प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी गरी ८ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए।

गोल्डकपको विजेता टिमले २० लाख १५ हजार तथा उपविजेता टोलीले १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३ विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा संकटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशीष कोइरालाले जानकारी दिए।

यस पटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही २५ हजार तथा प्लेयर अफ द म्याचलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट शुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो ।

पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता हुन लागेको हो ।

पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुला गरिएको आयोजकले बताएको छ ।

टिकेटिङका लागि पार्टनर खल्ती एपसँग सम्झौता भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर