सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो ।

वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताइन् । त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणमा नमिलेका कतिपय कुराहरूलाई परिमार्जन गर्न पनि निर्देशन दिएको उनले बताइन् ।

बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरूले पुस्तकालयलगायत संघीय संसदका भवनहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर