प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणबारे भारतको चासो

प्रधानमन्त्री पुष्पकमल दाहाल वैशाख दोस्रो हप्तासम्म भारत भ्रमणमा जाने भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी हुन्।

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरूसँगको भेटवार्ताका क्रममा न्यूज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन्।

उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन्।

उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरूमा पनि सहज आदानप्रदान हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन्।

उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिम कार्ड निकाल्दा सहजता प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताइन्। उनले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरूसँग कुरा राखेको बताइन्।

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताइन्। भारत सरकार आफूले राखेका मागहरूमा सकारात्मक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर