नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

नेपालको १२ औं राष्ट्रिय जनगणना, २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरषभन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यसपटक वाग्मती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोबास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोबास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोबास छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *