कोशी प्रदेश नामकरणको विरोध प्रदर्शनमा घाइते भएका लिम्बूको मृत्यु

कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । ४२ वर्षीय पदमबहादुर लिम्बूको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।

धरान उपमहानगरपालिका–१५ घर भएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । उनी गत ५ चैतमा विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका थिए । उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहँदा उनको मृत्यु भएको हो । लिम्बूको टाउकोमा चोट लागेको थियो ।

कोशी प्रदेशको नामकरणको विरोधमा प्रदेशमा हालै प्रदर्शनहरु भइरहेका छन् । आन्दोलनकारीले कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राखेका छन् । लिम्बूलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर