ओलीको कटाक्ष : सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन्।

भैंसीको अगाडि वीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुग्नु भएका उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने जिकिरसमेत गरे।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्रने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए। त्यसैगरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए।

ओलीले स्वदेशी बस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी बस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए। त्यस क्रममा उनले नेपाली जुत्ता–चप्पलका सबै ब्राण्डहरुको रुचिपूर्वक अवलोकन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर