पशुपतिमा एकदिन (फोटो फिचर)

पशुपतिनाथको मन्दिर । नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ । त्यसैले पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल पनि हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ । पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल (अखाडा) पनि छन् ।

पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा वागमती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनियाँ रमाइलो छ जस्तो पनि लाग्छ र दुनियाँ फिक्का छ जस्तो पनि लाग्छ । बिहानै पूजापाठ, मध्यान्ह पर्यटकहरुको चहलपहल, भक्तजनहरूको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ तर पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । त्यसैले त पशुपतिमा सबै छ र केही छैन । पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान खोज्दै पुग्छन्, कोही भगवानसँगै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् । न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका पशुपतिनाथमा एक दिनको फोटोकथा आजको फोटो फिचरमा ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर