बालबालिका र युवाहरूमा नैतिक शिक्षाको खाँचो छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बालबालिका तथा युवाहरुलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको बताएका छन्। छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पसि कार्यक्रमको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरुलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्न सक्ने बताए। उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरुले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताए। उनले स्काउटको अभियानमा नयाँ पुस्तालाई सानै उमेरदेखि सचेत गराउनु जरुरी रहेको बताए।

सभामुख घिमिरेले स्काउटले विविध कार्यक्रम सञ्चालन गरी बालबालिकाहरुको सर्वपक्षीय विकासको लागि काम गरिरहेको भन्दै आगामी दिनमा यस्ता कार्यहरुलाई झनै बढाएँदै लैजानुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर