मुकेश र राजपुरालाई १० के रोड रेसको उपाधि

विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन्।

शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि उचाल्दा महिलातर्फको उपाधि राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा गर्दै उपाधि उचालेकी हुन्।

राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन्। यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेण्डको कीर्तिमान थियो।

दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएको रेसमा एपीएफका गोपीचन्द्र पार्कीले दोस्रो स्थान हासिल गरे। साविक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८.६८ सेकेण्डमा पूरा गरे।

यस्तै, तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गर्दा आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर