प्रहरी महानिरीक्षक कुँवरले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर