२४ लाख ८० हजार भ्रष्टाचार गरेको मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

विशेष अदालत, काठमाडौंमा दर्ता गरेको भ्रष्टाचारसम्बन्धी एक मुद्दामा सफाइ दिने फैसला आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

घुस रिसवत, गलत लिखत तथा सरकारी कागजात सच्याई २४ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले कमलप्रसाद पराजुलीसहित १३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

विशेष अदालतले प्रतिवादीमध्येका कमलप्रसाद पराजुलीलाई भ्रष्टाचार निवारण ऐनको दफा ९ र दफा १२ को कसुर ठहर गरी दुवै कसुरमा जम्मा १० महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने, अन्य आरोपदाबी नपुग्ने र अन्य प्रतिवादीहरूले आरोपदाबीबाट सफाइ पाउने फैसला सुनाएको छ।

कसुर पुष्टि हुने पर्याप्त आधार हुँदाहुँदै विशेष अदालतले यस्तो फैसला गरेको भन्दै अख्तियारले शुक्रबार यस मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो।

हेर्नुहाेस् मुद्दाकाे पूर्ण विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर