बारामा आगलागीबाट ६ घर-गोठ नष्ट

बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट ६ घर-गोठ जलेर नष्ट भएका छन्।

सिम्रौनगढ नगरपालिका-२ रानीवास बजारमा लागेको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए।

रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर-गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरविन्द मुखियाले जानकारी दिए।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन्। बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर