प्रदेशको कमाण्डमा दुर्गा र किरण

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय दुर्गा सिंह र किरण राणाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। प्रहरी प्रधान कार्यालयले डीआईजी सिंहलाई बागमती र राणालाई मधेस प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको हो।

यस्तै डीआईजी उमेश जोशीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) द्वय राजेश बाँस्तोला कोशी र भरत बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा खटाइएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर