चार एआईजीको पदस्थापन, मेट्रोमा ज्ञवाली, सीआईबीमा बज्राचार्य

सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।

देशभरका ठूला तथा जघन्य अपराध अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । उपत्यकाका तीन जिल्लाको कमान्ड कन्ट्रोल हुने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी श्यामलाल ज्ञवालीको पदस्थापन गरिएको छ ।

यस्तै, प्रहरी कर्मचारीको वृत्ति विकास, तालिम र कर्मचारीको उत्पादनसँग सम्बन्धित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईलाई पदस्थापन गरिएको छ । प्रहरी प्रशासनसँग सम्बन्धित प्रशासन विभागमा एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर