अनलाइनमार्फत ठगी आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ

प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका बूढानीलकण्ठ र चन्डोललगायत स्थानबाट पक्राउ गरिएको थियो । उनीहरुले काठमाडौंमा अवैध रुपमा आफ्नो कार्यालय नै चलाइरहेका थिए ।

ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग सुरुमा सम्पर्क गर्ने र टेलिग्राममा ‘अपरेसन टिचर’ नामको च्यानलमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए । त्यसक्रममा ठगी गरेको उजुरी आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *