माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह र शक्ति बस्नेत ऊर्जामन्त्री

नेकपा माओवादी केन्द्रबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्ति बस्नेत हुने भएका छन् । श्रेष्ठ मन्त्रालय सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् भने बस्नेतले नयाँ मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । यस्तै पार्टीका उपमहासचिव बस्नेत ऊर्जामन्त्री हुने भएका छन् । यसअघि तीन पटक मन्त्री भइसकेका बस्नेतले चौथो पटक मन्त्रीको शपथ लिने भएका छन् ।

यस्तै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्रालय यथावत हुने भएको छ । उनले मन्त्रालय फेर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले महिला बालबाालिका मन्त्री बन्न आग्रह गरेका थिए । अन्तमा सामान्य प्रशासनमै बस्ने भएका छन् । यस्तै सञ्चारमन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किरातीको मन्त्रालयसमेत यथावत हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *