खानेपानीमन्त्री खानले दिए राजीनामा

खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन सीके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्।

राजीनामा बुझाउन उनी बालुवाटार गएका थिए।

जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर