सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशले विकास निर्माणमा गति लिने बताएका छन्। शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले देश अहिले आर्थिक रूपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे। उनले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए।

उनले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए। उनले तीन महिनामा रेमिट्यान्स, राजस्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।

प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर