संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएपछि ठूलाठूला समस्याहरू देखिए : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन्।

शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएपछि ठूलाठूला समस्याहरू र चुनौतीहरू खडा भइरहेको बताए। पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे।

विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताए। पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुद्ध नै हुने हो कि भन्ने चिन्ता रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर