मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।

शुक्रबार गृहमन्त्रीको रूपमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन्। उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लाने बताए।

त्यसैगरी उनले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्नका लागि सर्वाधिकारसम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन्। सो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिए।

उनले मातहतका कर्मचारीहरूलाई समयको पालना गर्न निर्देशन दिए। समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताए।

मन्त्री श्रेष्ठले आफुलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *