सरकार विस्तार गर्न र न्यूनतम साझा कार्यक्रम ल्याउन सरकारले ढिलो गर्‍याे : सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन र सरकारलाई पूर्णता दिन ढिलाइ गरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सो कुरा भनेका हुन्। उनले गठबन्धन बनिसकेपछि पनि यति लामो समयसम्म सरकार विस्तार गर्न र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ गरेको बताए।

उनले संघीयताको कार्यान्वयन, जर्जर रहेको आर्थिक अवस्था उकास्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहनुपर्ने बताए। उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउने कुरा पनि सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए।

सांसद बडूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा लैजाँदा धेरै समय लाग्ने भएकाले संसदबाट नै टुंग्याउने कुरामा सरकार पक्षको जोड रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर