ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

घुस मागेको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ।

सभामुख देवराज घिमिरिले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन्। यस विषयको जानकारी आजको संसद बैठकमा सभामुख घिमिरेले जनाएका छन्।

श्रेष्ठलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो। रास्वपाको पत्र अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन्।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर