श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाएर १८ वर्षसम्म फरार प्रतिवादी पक्राउ

श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाएर १८ वर्षसम्म फरार रहेका एक जना पक्राउ परेका छन्।

अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका-१७, क्षेत्रपाटी, ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी घटनाको १८ वर्षपछि बुधबार पक्राउ परेका हुन्।

उनले रूपन्देही साविक दूधराक्ष गाविस-३, बुद्धनगरमा बसोबास रहँदा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीको हत्या गरेको आरोप छ।

मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि भागेर उनी भारतको दिल्लीमा करिब ३ वर्ष काम गरेपछि काठमाडौं क्षेत्रपाटी, ढल्कुमा बस्दै आएका थिए।

उनी वास्तविक परिचय लुकाउन आफ्नो नाम दीपक राना बताउँदै लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई थप कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर