प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन्।

शुक्रबार समाजवादी प्रेस संगठन, धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन्।

उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेको भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए।

उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बीचमा बाँडफाँट हुने बताए। कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने उनले बताए।

अध्यक्ष नेपालले समाजवादमा प्रतिबद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए। उनले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताए। उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए।

उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरूसँग विलय भने नहुने बताए। आफूहरू समानताको सिद्धान्तका आधारमा र वैचारिक एकरूपताका आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर