सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघले आयोजना गरेको उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले करिब ८० प्रतिशत जति राजस्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रले सरकारलाई योगदान पुर्‍याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए।

ढकालले पछिल्लो समय निजी क्षेत्रले नाफाका लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए। अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए। उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए।

त्यस्तै महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यक्षको नेतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरूलाई भेटेर महासंघका मागहरू राखेको बताए।

त्यस्तै कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ६० प्रतिशत स्टील व्यवसायीहरू कानूनी दायरामा आउन नसकेको बताए। उनले ग्रील तथा स्टील व्यवसायीहरूले कानूनी रूपमा व्यापार व्यवसाय गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर