कपनकी नीरा हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापाबाट ठमेलकाे क्लबका बाउन्सर पक्राउ

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको बिभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीको विशेष अनुसन्धान टोलीले एकयुवालाई नियन्त्रणमा लिएको छ ।

उनलाई पूर्वी नेपालबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । विशेष अनुसन्धान टोलीका एकजना वरिष्ठ अधिकारीका अनुसार उनको नाम विनोद बिक हो । उनी ठमेलस्थित एउटा क्लबका बाउन्सर हुन् ।

वैशाख ७ गते दर्जनौ पटक छुरा रोपेर नीराको हत्या भएको थियो ।

अपरान्हको समयमा भाँडा व्यवसायी नीराको चक्कु प्रहारबाट हत्या भएको थियो ।

अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यलाई गुहारसम्म भन्न नदिई हत्या भएको थियो ।

बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै गर्दै आएकी थिइन् । पसल उनको कोठाभन्दा केही मिनेटको दूरीमा छ । त्यही कोठा भएको घरमा श्रीमान् योगेशको इलेक्ट्रिोनिक्स पसल छ र त्यस दिन योगेश पनि इलेक्ट्रिोनिक्स पसलमै थिए ।

कपनमा भाँडा व्यवसायी नीरा पाण्डेको यसरी भएको थियो ‘विभत्स हत्या’

प्रहरीले अनुसन्धान अघि बढाउन १५ वैशाखमा काठमाडौं उपत्यका अपराध अनुसन्धान र काठमाडौं जिल्ला प्रहरी प्रमुख समेत सदस्य रहेको एउटा विशेष अनुसन्धान टोली गठन गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले काठमाडौंको कपनमा भाँडा व्यवसायी नीरा पाण्डे आचार्यको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन गरेको थियो ।

कपन हत्या प्रकरण अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन

घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख रहेकी एआईजी बज्राचार्यको नेतृत्वमा विशेष टोली गठन भएको हो । टोलीको सदस्यहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसी र काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की लगायत छन् ।

विशेष अनुसन्धान टोलीले केही समयमा यस घटनाको सत्यतथ्य बाहिर ल्याउने जनाएको छ ।

र, याे पनि

कपन घटना : एक सातामा पनि खुलेन रहस्य, यी कोणबाट अनुसन्धान गर्दै प्रहरी

प्रतिक्रिया

One thought on “कपनकी नीरा हत्याकाण्डमा संलग्न रहेको आरोपमा झापाबाट ठमेलकाे क्लबका बाउन्सर पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर