नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन्। सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयु) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

नेता नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए। उनले राजनीति मानिसका लागि घृणाको विषय बनेको उल्लेख गरे। नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति उनले आपत्ति जनाए।

उनले भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराशा बढ्दै गएको दाबी गरे। उनले भने, ‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौं। राजनीतिमा अनेकौं फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौं। राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ।’

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवर्द्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर