नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु हुँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना–ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसाम कुनै पनि हालतमा झुक्नु हुँदैन।’

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानूनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर