बजेटका सिद्धान्त र प्राथमिकता जनताको आँखामा छारो हाल्न ल्याइयो : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले प्रश्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताएका छन्।

सोमवार राष्ट्रियसभाको बैठकमा सरकारले आईतवार प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

उनले सिद्धान्त र प्राथमिकता विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे। उनले बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौं र हुनेछ बाहेक अन्य नभएको बताए।

उनले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्ब भन्दा कमी रकमले नहुने स्पष्ट पारे। उनले राज्य व्यवस्था परिवर्तन भएपनि शासकीय स्वरुप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गरे।

सदस्य गौतमले दुई दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर