
५ सय र हजारका नोट प्रतिबन्ध गर्न माग


फाइल तस्बिर।
राष्ट्रियसभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन्। सोमवार राष्ट्रिय सभाको बैठकमा सरकारले आईतवार प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उनले सो माग गरेकी हुन्।
उनले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बताइन्। उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्न सक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन्। उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन्।
सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्नेकुराको खोजि गर्न आवश्यक रहेको बताइन्।
प्रतिक्रिया