राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले देखाइरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो माग गरेका हुन्।

उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए। उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरूले देखाइरहेको बताए।

उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे। उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताए।

अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरू मान्ने तर कसैको त्याग र बलिदान हेर्न भने भुल्ने गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर