कांग्रेस सभापति देउवाले भेटे प्रधानमन्त्री प्रचण्ड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले राजीनतिमा तरंग पैदा गरिरहेको समयमा देउवाले प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका हुन्।

देउवा पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगेका थिए।

भेटामा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण बुधबार पक्राउ परेका थिए। यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्।

यिनै घटनाक्रमका बीच आज पनि कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। हिजो बसेको बैठकमा खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर