कृषिकाे सम्पूर्ण जिम्मा स्थानीय सरकारलाई दिए नेपाल आत्मनिर्भर बन्छ : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले कृषि क्षेत्रमा लगानी विस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताए। उनले नेपालका लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताए।

उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताए। स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने उनको भनाइ छ।

उनले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिई फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गरे। राष्ट्रियसभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्न सक्ने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर