माइतीघरमा नारा- ‘टोपबहादुर हो कि टापबहादुर?’, ‘करोडौं पर्ने बंगला तिमीलाई कसले किन्दियो?’

नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानूनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। हाल उत्कर्षमा रहेकाे नक्कली भुटानी शरणार्थी प्रकरणसहितका भ्रष्टाचारविरुद्ध नागरिस्तरबाट प्रदर्शन भएकाे हाे।

विरोध प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना, चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीसहित नागरिक अगुवाहरू सहभागी छन्।

प्रदर्शनमा सहभागीहरूले शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारीपछि फरार रहेका नेकपा (एमाले) का नेता टाेपबहादुर रायमाझीविरुद्ध कडा कटाक्ष गर्दै नारा लगाएका छन्।

‘टोपबहादुर कि टापबहादुर?’, ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘सरकार ठूलो माछा पकडी, लगा छिटो हतकडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायतका नाराहरूसहित उनीहरूले प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शन सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए। उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्नेजस्तो देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए।

विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए। उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए।

उनले देश अफ्ठ्यारोमा पर्दा विदेश भाग्न जाने प्रवृत्ति रहेको बताए। उनले अहिलेका नेताहरू भगौडा रहेको र सबै उद्योगधन्दाहरू बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए।

त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन्। उनले जनताको आँखामा छारो हाल्ने काम भइरहेको बताइन्।

त्यस्दै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरू भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताइन्।

प्रदर्शनकारीहरूले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर