स्थिर सरकार नभएकाले शरणार्थी प्रकरणको छानबिनमा आशंका छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरूले सुरु गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलनमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन्।

उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रूपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए।

उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर