बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको हो।

नक्कली भुटनाी शरणार्थी बनाएर अ‍ेमिरका पठाउने भन्दै गरिएको ठगीमा उच्च पदस्थहरू पक्राउ परिरिहेको तथा पक्राउ पुर्जी जारी भइरहेको अवस्थामा तीन नेताबीच भइरहेको भेटवार्तालाई चासोका साथ हेरिएको छ।

प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय लगातारजस्तो भेटवार्तामा छन्।

संसदमा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर