संघीयता जोखिममा पर्ने अवस्था देखियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। उनले अब कम्युनिष्ट पार्टीहरू एक भई आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता देखिएको बताए।

उनले कम्युनिष्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए। उनले विकासलाई अघि बढाइरहे पनि चाहेअनुसारको विकास हुन नसकेको बताए।

अध्यक्ष नेपालले समाजमा विकृति र विसंगतिको चाङ रहेको भन्दै यसलाई उखेलेर फाल्नुपर्ने बताए।उनले नेपाली समाज अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर