
नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था हुनुपर्छ : सांसद बडू


फाइल तस्बिर।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपाल प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्ने गरी बोलाइएको भन्दै आपत्ति जनाए।
उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए।
उनले दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउन नहुने बताए।
सांसद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।
- नयाँ नापी ऐन ड्राफ्ट भइसक्यो, भूमि ऐन बनाउन समिति बनाएका छौँ : बलराम अधिकारी
- प्रधानमन्त्रीले शिक्षकहरूको मागलाई कुल्चिए, माओवादी अवसरवादी हो : झलनाथ खनाल
- प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
- देश डुबे पनि दलाल पुँजीपतिहरू फाइदामा छन् : घनश्याम भुसाल
प्रतिक्रिया