निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई नीति तथा कार्यक्रममा समेट्न माधव नेपालको सुझाव

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टिसमेत व्यक्त गरे।

मंगलबार संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनलेसो विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको हो कि भनेर प्रश्नसमेत गरे।

अध्यक्ष नेपालले मुलुकको गेम चेञ्जर प्रोग्रामको रूपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन आग्रह गरे।

अध्यक्ष नेपालले आफूले जति कोसिस गर्दा पनि सो विमानस्थलको काम अघि बढ्न नसकेको गुनासो गरे। उनल ठूला शक्ति राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर