कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन्।

उनले नेपालमा कांग्रेस, कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको टिप्पणी गरे। बुधबार मदन-आश्रित स्मृति दिवसलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारमा रहेकाहरूमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको उल्लेख गरे। उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई कसरी भ्रष्टीकरणबाट जोगाउने भन्ने ठूलो चुनौती रहेको बताए।

अध्यक्ष नेपालले नेकपा (एमाले) अलोकतान्त्रिक बनेको आरोपसमेत लगाए।

उनले नेकपा (एमाले) भित्रका अलोकतान्त्रिक चरित्रहरू हटाउन एमाले नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिए। उनले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको आरोप लगाए।

उनले नेकपा (एमाले) जबजबाट विचलित भएको आरोप लगाए। उनले पार्टीको यस्ता विचार र नेताहरूविरुद्धमा जुध्न एमालेका नेताहरूले आवाज उठाउनुपर्ने बताए।

अध्यक्ष नेपालले नेपाली समाजमा धरै अलोकतान्त्रिक प्रवृत्तिहरू विद्यमान रहेको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर