राणाविरुद्धको महाभियोग निष्प्रभावी हुने पत्रविरुद्धको रिटमा सर्वोच्चले माग्यो बहस नोट

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी हुने भनी संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको पत्रविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षसँग बहस नोट माग गरेकाे छ। संवैधानिक इजलासले बुधबार दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश गरेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षको बहसपछि फैसलाका लागि बहस नोट माग गरेको हो।

फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि सत्तारूढ दलले महाभियोग दर्ता गरेका थिए। महाभियोग दायर भएलगत्तै उनी निलम्बनमा परेका थिए। लामो समय महाभियोगमाथि कुनै पनि छलफल नै भएन।

सरकारले एकैपटक मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरेपछि छलफलका लागि अघि बढाएको थियो। तर महाभियोग टुंगो नलाग्दै संसदको कार्यकाल समाप्त भयो।

मंसिर १ गते संघीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र लेखेका थिए। उक्त पत्र देखाउँदै राणा सर्वोच्च फर्कन खोजेका थिए। त्यसमा विरोध भएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य लगायतले संवैधानिक इजलासमा संसदकाे  महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने भन्दै रिट दर्ता गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले बहस नोट मगाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *