प्रधानमन्त्रीकाे भारत भ्रमणलगत्तै बीआरआईमा थप सहयोग जुटाउन दुई मन्त्री चीन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलगत्तै चीनको निमन्त्रणामा सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गरिरहेका दुई मन्त्री चीन जाने तयारी भइरहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीन सरकारको निमन्त्रणामा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चीन जाने तयारी भइरहेको हो । उनीहरू दुवै जेठ महिनाभित्र चीन भ्रमणमा जाने गरी आवश्यक तयारी भइरहेको हो ।

यसअघि घोषित कृषिसम्बन्धी विभिन्न परियोजनामा चीनको सहयोग उपलब्ध गराउन कृषिमन्त्री डा. भुसाललाई चीनबाट भ्रमणको निम्तो आएको हो । प्रधानमन्त्रीको भारत भ्रमणछि जेठ महिनाभित्र मन्त्री चीन जाने गरी तयारी थालिएको हो ।

यस्तै रसुवागढी जाने सडक स्तरोन्नतिबारे थप छलफल गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई पनि चीनले निम्तो दिएको हो । भ्रमणको क्रममा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपाललाई थप सहयोग गर्नेबारे छलफल हुने र भ्रमणमा भौतिक सहयोगका नयाँ क्षेत्र पहिल्याइने बताइएको छ ।

मन्त्री भुसाल र ज्वालाको औपचारिक भ्रमणका सम्बन्धमा केही दिनमै परराष्ट्र मन्त्रालयले जानकारी गराउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर