नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने र अर्काे ल्याउनुपर्ने माग उचित छैन : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गनुपर्ने र अर्को ल्याउनुपर्ने माग उचित नभएको बताएका छन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताएका हुन्।

सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुनर्लेखन गरी ल्याउनुपर्ने माग गरेका थिए। साथै संघीय संसदका दुवै सदनमा नेकपा (एमाले) का सांसदहरूले नीति तथा कार्यक्रम पुनर्लेखन गरी प्रस्तुत गर्नुपर्ने बताइरहेका छन्।

बैठकमा सदस्य गौतमले भने संवैधानिक रूपमा नीति कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गरे। उनले नीति तथा कार्यक्रममा एक वर्षभित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरू अघि सारिएको उल्लेख गरे।

राष्ट्रियसभा सदस्य गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई भने चासो दिएको नपाएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर