एसपी सरुवा, कर्मचारी प्रशासनमा तिमिल्सिना

नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बढुवा खाली भएका स्थानहरूमा साेमबार उनीहरूको सरुवा गरेको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा सरुवा गरिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा, महारागजञ्जमा कार्यरत एसपी वसन्त राजौरे नेपाल प्रहरी-सशस्त्र प्रहरी गण नं. १, नक्सालमा मा सरुवा भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा, विराटनगरमा कार्यरत एसपी नवीनराज राईलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्जमा सरुवा गरिएको छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा, धनगढीमा कार्यरत एसपी चन्द्रदेव राई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा महाशाखामा कार्यरत एसपी रामप्रकाश शाह नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सरुवा भएका छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर