सशस्त्र प्रहरीका इन्स्पेक्टर खड्काको तीन वर्ष बढुवा रोक्का

आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरीले आफ्ना एक जना निरीक्षक (इन्स्पेक्टर) लाई कारबाही गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्का कारबाहीमा परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले २०८० जेठ ८ गतेदेखि लागू हुने गरी उनलाई तीन वर्ष बढुवा रोक्काको कारबाही गरेको हो।

उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा साेही नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी साेही नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर