सबै सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सबै सरकारी कार्यालयहरूमा डिजिटलाइजेशन सिस्टमको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सरकारी कार्यालयमा हुने भ्रष्टाचार र स्थानीय तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गरी मुलुकमा सुशासन प्रवर्द्धन गर्नका लागि सो सिस्टमको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले दर्ता, चलानी नै नराख्ने सरकारी कार्यालयहरूको अवस्थामा सुधार ल्याउन पनि सरकारले सो काम गर्न ढिलाइ गर्न नहुने बताए।

सांसद श्रेष्ठले इच्छाशक्ति भए सरकारले मातहतका कार्यालयहरूमा दर्ता र चलानी डिजिटल सिस्टम सञ्चालन गर्न समय नलाग्ने दाबीसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर