भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ : वामदेव गौतम

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानूनबमोजिम कारबाही गर्नुपर्ने बताएका हुन्।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद गौतमले सरकारले सो प्रकरणका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवादसमेत दिए।

सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरूको छानबिन गर्न सरकार पछि पर्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर