नागरिकता विवादबारे रविले भने- अदालतमा विचाराधीन विषय संसदमा उठाइनु हुन्न

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधीन विषयलाई संसदमा उठाएको भन्दै कांगेस सांसद अजय चौरसियाको विरोध गरेका छन्।

बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकमा कांग्रेस सांसद चौरसियाले लामिछानेको नागरिकतासम्बन्धी विवादबारे बोलेका थिए।

सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरे। अदालतमा विचाराधीन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाइ थियो।

उनले सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि बताए। उनले अदालतमा विचाराधीन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराए।

सांसद चौरसियाले लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस नगरी पुनः नागरिकता लिने काम गरेको जिकिर गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर