गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन्।

बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन्।

उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रतासमेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन्।

उनले विभिन्न भ्रष्टाचारका विषयहरू उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याहरूको समाधान पनि गणतन्त्रभित्रै सम्भव भएको बताइन्।

उनले सरकार सञ्चालनमा भएका त्रुटिहरूलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन्। उनले गणतन्त्रले दलित, महिलालगायतका उत्पीडित समुदायहरूलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताइन्।

उनले राज्यको माथिल्लो तहमा पुगेको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर